नयाँ रुपको कोरोनाभाइरसको संक्रामक अमेरिकामा पनि देखियो

 


अमेरिकाको कोलोराडो र क्यालिफोर्नियामा बेलायतमा देखिएको अत्यन्तै संक्रामक किसिमको नयाँ रुपको कोरोनाभाइरसको संक्रमण देखापरेको छ । अमेरिकाका वैज्ञानिकहरुलाई यो घटनाले  चिन्तित तुल्याएको छ ।

यतिखेर संसारभरिमै कोरोनाभाइरसको सबैभन्दा ठूलो कहर अमेरिकाले भोगिरहेको छ । यो स्थितिमा साविकको कोरोनाभाइरसभन्दा ७० प्रतिशतसम्म बढी संक्रामक भाइरसको रुप देखापरेपछि अमेरिकामा महामारीले झनै खराब रुप लिन सक्ने चिन्ता पैदा भएको छ ।

अहिलेसम्म वैज्ञानिकहरुलाई उक्त भाइरस कति व्यापक रुपमा फैलिइसकेको छ भन्नेबारे खासै जानकारी हासिल गरिसकेका छैनन् । तर त्यस प्रश्नको जवाफले अस्पतालको उपचार, समुदायको लकडाउन, स्कुलहरु बन्द गर्ने लगायत थुप्रै कुराहरुलाई प्रभावित गर्ने निश्चित छ ।

यो संक्रामक प्रकृतिको भाइरसको संक्रमण देखापरेपछि अमेरिकामा अझ व्यापक मात्रामा र छिटो कोरोनाविरुद्धको खोप आम रुपमा दिइसक्नुपर्ने कुरामा वैज्ञानिकहरुले जोड दिएका छन् ।

गत बुधबार मात्रै ट्रम्प प्रशासनले खोप अभियान केही सुस्त भएको कुरा स्वीकारेको थियो । गत सोमबारसम्ममा अमेरिकामा २१ लाख मानिसहरुले मात्रै खोपको पहिलो मात्रा लिएका छन्, जबकि अमेरिकी सरकारको लक्ष्य २ करोड मानिसलाई खोप दिइसक्ने थियो ।

बेलायतमा देखापरेको बी.१.१.७ नाम दिइएको यो खोपको घातकता पहिलेको कोरोनाभाइरसको तुलनामा बढी नरहेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । तर अमेरिकामा चाहिँ यो कोरोनाभाइरसका अरु रुपभन्दा बढी घातक रहेको तथा यसले विरामीलाई बढाइदिएको जनाइएको छ । यो स्थितिमा मास्कको प्रयोग, भौतिक दूरीको पालना, हात धुने कुरालाई जोड दिँदै भाइरसको संक्रमण फैलिन नदिने अहिलेको लागि सबैभन्दा प्रभावकारी उपाय पनि त्यही नै रहेको बताइएको छ ।

त्यसो त यो भाइरसको संक्रमण देखापरेको एक ३० वर्षका मानिस अमेरिका बाहिर यात्रा नगरेको र उनलाई समुदायकै कुनै व्यक्तिबाट सरेको हुन सक्ने आशंका गरिएको छ । यो कुराले अमेरिकामा उक्त भाइरसको संक्रमण भित्र भित्रै पहिलेदेखि नै फैलिइरहेको त थिएन भन्ने प्रश्न पनि उठेको छ ।


Share:

No comments:

Post a Comment


विज्ञ के भन्छन् त स्पिरुलिना बारे ? सुनौं एकपटक

पेट पोल्ने ,ग्यास्ट्रिक, पेटको भित्रको माथिल्लो तह सुन्निने,


Youtube