बेसार (कुर्कुमिन) महत्वूर्ण औषधिय गुण हो यसको फाइदा जानी राखौँ

 


बेसरलाई नेचुलर पेन किलर भनेर पनि चिनिन्छ किनकि यसले शरीरमा हुने कुनै पनि दुखाइलाई प्राकृतिक रुपमा निदान गर्छ। बेसार नियमित रुपमा भन्सामा प्रयोग हुन्छ तर धेरैले यसका मह्त्वपूर्ण औषधीय गुण बुझ्न सकेका छैनन्। तर पछिल्लो समय कोरोना भाईरसको संक्रमित बढ्न थालेपछि यसको महत्व बुझ्न थालेका छन् । त्यसैले विश्व बजारमा यसको माग बढ्दो छ । कतिपय मुलुकमा बेसारको अभाव हुना थालेको चर्चा समेत चल्न थालेका छन् । बेसार सेवनबाट पाइने अनगिन्ती फाइदामध्ये केहीको यहाँ चर्चा गरिएको छ।


-लामो समयदेखि ग्यस्ट्रिकको शिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्ण रुपमा फाइदा पुर्‍याउँछ।

-बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पुर्‍याएको हुन्छ। गाउँघरतिर आलो घाउमा बेसारको धुलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो।  

- बेसारले मानव शरीरको डिएनए क्षति हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।

- विभिन्न मेटलबाट शरीरमा फैलिने विषादिबाट बेसारले जोगाउने काम गर्छ। शरीरमा लागेको चोटपटक छिटोभन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका खेलेको हुन्छ।

- पेटसम्बधी यावत रोगको निदान गर्न बेसारले मद्दत पु¥याउँछ। हड्डीमा हुने सम्पूर्ण समस्यालाई बेसारले फाइदा गर्छ।

-मांसपेशीमा हुने विभिन्न पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ। रक्तअल्पतालाई पनि बेसारले फाइदा पुर्‍याउँछ।

- बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ। बेसारको प्रयोगले स्मरण शक्तिमा वृद्धि गर्छ।

- कुनै अप्रिय घटनाको झट्काबाट बाहिर निस्कन विशेष मद्दत पु¥याउँछ। बेसारको प्रयोगले आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ।

- दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीका बेला हुने पेटको दुखाइसम्मको समस्या हल हुन्छ।

- बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ। त्यसैले दूध र बेसार पिउँदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ।

- यदि अनिद्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ। बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ।

- बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ। कम फ्याट भएको दूधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहनुका साथै  कलेजोको विषाक्त पदार्थ हटाउन मद्दत पुर्‍याउँछ।

- धेरै पटक पिसाब गरिरहनुपर्ने, पानी तिर्खा बढी लाग्ने भएमा वा मधुमेह ९डायबिटिज० भएमा बिहान–बेलुका १÷१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा पुर्‍याउँछ।

- १ चिम्टी खाने खयर र १ चिम्टी बेसार तातोपानीसँग बिहान–बेलुका खाने गरेमा २र३ दिनमा नै सुख्खा खोकी ठिक हुन्छ।

- ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा रुघा पाक्छ र चाँडै आराम हुन्छ। साथै २ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि दिनको २ पटक कुल्ला गरेमा ठिक हुन्छ।

- डाइबिटिज, रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग निकै उपयोगी मानिन्छ।

- दिसा–पिसाबमा हुने सन्क्रमण घटाउन पनि बेसार उत्तम हुनुका साथै मिर्गौलासम्बन्धी रोगीलाई पनि फाइदाजनक मानिएको छ।

- छालाको लागि त बेसार अमृत नै मानिन्छ। सौन्दर्यका समान उत्पादन गर्दा पनि बेसार पर्याप्त प्रयोग गरिन्छ।

- नियमित बेसार सेवन गर्नाले बुढोपन देखिँदैन। साथै विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ।

- हिन्दु धर्ममा बेसारको प्रयोगलाई पवित्र मानिन्छ।जनै पूर्णीमामा होस् वा अन्य कुनै पूजामा हातमा बाँध्ने डोरोमा बेसारको प्रयोग गरिएको हुन्छ। यसले नकारात्मक शक्ति र विचारबाट बचाउँछ।

-बेसारलाई शुभ सन्देश पनि मानिन्छ। विवाहको निमन्त्रणा कार्डमा बेसार लगाउनाले सम्बन्धमा थप प्रगाढता ल्याउने विश्वास गरिन्छ। साथै विवाहमा दुलाहा तथा दुलाहीलाई बेसार लगाइन्छ। जसले  छालामा चमक ल्याउँछ र नकारात्मक शक्ति र अरूको नजर नलाग्ने विश्वास गरिन्छ।
-सौन्दर्यमा निखार ल्याउन नुहाउनुभन्दा अघि शरीरमा बेसार लगाइन्छ। यसले शरीरको मांसपेशी बलियो हुने बताइन्छ।

-औषधिको रुपमा आयुर्वेदमा बेसारको धेरै स्थानमा प्रयोग गरिन्छ र कतिपय जडिबुटीमा बेसार मिसाएर औषधि बनाइन्छ।

Share:

No comments:

Post a Comment


विज्ञ के भन्छन् त स्पिरुलिना बारे ? सुनौं एकपटक

पेट पोल्ने ,ग्यास्ट्रिक, पेटको भित्रको माथिल्लो तह सुन्निने,


Youtube