सिस्नु खाँदा फाइदै फाइदा

 


पुस । २४, काठमाडौं, जब रोग लाग्छ तब मात्र सिस्नुको महत्व थाहा पाइन्छ ।  सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र आइरनजस्ता तत्त्व पाइन्छन् । यही तथ्य बुझेर होला पछिल्लो समय सिस्नोले धनीहरूको भान्सामा समेत पर्न थालेको छ । साना रेष्टुराँदेखि पाँचतारे होटलसम्म यसका परिकार अहिले बन्ने गर्छन् ।

सामान्यतयाः सिस्नोलाई पखालेर उम्लेको पानीमा राखेर पकाइन्छ । जसले गर्दा यसमा भएको रौँ जस्तो झुस जान्छ । यसमा नुन, खुर्सानी र मकैको च्याख्ला राखेर पकाइन्छ । अहिले सुपर मार्केटमा समेत सिस्नोको पाउडर पाइन्छ । यसलाई सुप या तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ । यही भएरपनि आजकल रोगीहरु र रोग नलागोस भन्नेहरुको बजारमा सिस्नो किन्न र बनेको परिकार खान तँछाड मछाड नै हुन्छ ।

आजकल देश वा विदेशमा बटरमा प्याज, लसुन, गाँजर, फुराएर ‘भेज स्टक’ र आलु राखेर सिस्नु पकाइन्छ । नुन मरिच र क्रीम हालेर सुपको रूपमा प्रयोग गर्ने चलन छ । सिस्नुलाई झोल बनाएर भातसँग खाँदा अनेक रोगहरुले आक्रमण गर्न नसक्ने विज्ञको दावी छ ।

सिस्नो अचुक औषधि

  • शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि ले फाइदा पुर्याउँछ ।
  • शरीर दुख्ने समस्यामा पनि सिस्नो सेवनले फाइदा पुर्याउँछ, दीर्घ जीवनको लागि उपयोगी हुन्छ ।
  • सिस्नो गर्भवती तथा सुत्केरी महिलालाई खुवाउनु अत्यन्तै फाइदाजनक छ ।
  • सिस्नोले मुटुसम्बन्धी समस्या निको पार्न सहयोग गर्छ ।
  • सिस्नो सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्याउँछ ।
  • यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ ।
  • प्रोस्टेड, ग्ल्याण्ड र बाथको समस्या भएका मानिसलाई उपयोगी ।
  • शरीरमा रगतका नयाँ सेल बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
  • पिसाबको संक्रमण हुनेहरूले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा पुग्छ ।
Share:

No comments:

Post a Comment


विज्ञ के भन्छन् त स्पिरुलिना बारे ? सुनौं एकपटक

पेट पोल्ने ,ग्यास्ट्रिक, पेटको भित्रको माथिल्लो तह सुन्निने,


Youtube