गानोडर्मालाई किन जडिवुटीको राजा भनिन्छ ?

 

गानोडर्मा एक अदभूत रातो च्याउ हो । संसारभर ३८ हजार प्रजातिको च्याउहरु पाईन्छ  र ती मध्ये ३६ हजार प्रजातीका च्याउ विषाक्ता हुनछन् भने बाँकी रहेका दुई हजार च्याउ मध्ये दुई सय प्रजातीका च्याउहरु  रातो हुन्छन्  र दुई सय रातो च्याउमा पनि ६ वटा च्याउ औषधिय गुणले भरिपूर्ण हुन्छन् । ती ६ वटा च्याउ भनेको १ किमशेन गानो २ लिभर गानो ३ हार्ट गानो ४ पिकक गानो ५ रुई गानो र ६ ब्रेन गानो हुन् । यही ६ वटा गानोलाई टिस्यु प्रविधिद्धारा एउटै बनाईन्छ । र त्यसैलाई गानोडर्मा भनिन्छ । यसलाई जडिबुटीको राजा पनि भनिन्छ । चीनमा यसलाई लिन्जी भनिन्छ भने जापानमा रेसीको नामले चिनिन्छ । गानोडर्मा शब्दको अर्थ चाँही चम्किलो छाला भन्ने हो । यसमा हाम्रो शरीरमा चाहिने २५२ वटा भन्दा धेरै सक्रिय तत्वहरु पाईन्छ । जुन अरु कुनै पनि जडिबुटीमा पाईँदैन । गानोडर्मामा पाईने प्रमुख ५ सक्रिय तत्वहरु ।

मुख्य सक्रिय तत्वहरु:
१ पोलिस्याकराइड
 रोग प्रतिरोधात्मक शक्ति वृद्धि गर्नु ।
—असामान्य कोष र मासु पलाउन नदिनु ।
—सुगरको मात्रा नियन्त्रण गर्नु ।
Detoxification यानिकी निर्विषीकरण गर्न मद्दत गर्नु ।
त्यसै गरेर गानोडर्मामा पाईने अर्को तत्व भनेको


२ अर्गानिक जर्मानियम हो
यो तत्वको मुख्य काम भनेको शरीरमा अक्शिजनको मात्र वृद्धि गर्नु हो । कोषलाई नष्ट हुन नदिनु, र कोषको आयु वृद्धि गर्नु हो ।
त्यसैगरेर अर्को तत्व भनेको ३ अदेनोसाईन  हो । यसलाई शरीरको सञ्चालनकर्ता पनि भनन्छि । यसको प्रमुख काम भनेको निन्द्रा सन्तुलित राख्नु । शरीरका तन्तुलाई शक्ति आपूर्ति गर्नु शरीरमा एज् लेभल ब्यालेन्स गर्नु कोलेस्टेरोल घटाउनु, मोटोपनलार्य नियन्त्रणमा राख्नु हृदयघातबाट बचाउनु अल्सर हुन नदिनु  आदि हो । यो तत्व अन्य कुनै पनि जडीबुटीमा पाईँदैन ।
त्यसैगरी अर्को सक्रिय तत्व भनेको ४ ट्राईटरपेनाइट्स हो । यसको काम भनेको कोष निर्माण गरी घाऊ तथा रोग चाँडै निको पार्नु , पाचन शक्तिलाई वृद्धि गर्नु र उच्च रक्तचापको जोखिमलाई न्युनिकरण गर्नु हो ।  
त्यसैगरेर गानोडर्मामा पाईने अर्को पाँचो प्रमुख सक्रिय तत्वमा ५ गानोदरिक एसेन्स् रहेको छ । गानोदरिक एसेन्स यसले तन्तुलाई तन्दुरुस्त बनाउने काम गर्दछ भने छालालाई कोमल, सफा र चम्किलो बनाउन मद्दत गर्दछ । यसरी हेर्दा गानोडर्मा कुनै निश्चित रोगको औषधि नभई सम्पूर्ण शरीरको खाना हो र यसले सम्पूर्ण शरीरलाई नै स्वस्थ राख्ने काम गर्दछ । अहिलेको वातावरणीय अवस्था हेर्दा स्वस्थ र लामो अनि खुशीसाथ जीवनयापान गर्न चाहाने हो भने गानोडर्मालाई  अभिन्न अंग बनाई यसलाई निरन्तर सेवन गर्न जरुरी छ । जसले निरोगीलाई रोग लाग्न दिँदैन भने रोगीलाई रोग मुक्त बनाउने काम गर्छ । यदि धेरै फाइदा भएको यो गानोडर्मा केही अवस्थामा भने सेवन गर्न
हुँदैन । 
 गानोडर्मा सेवन गर्न नहुने अवस्था:
गानोडर्मा सेवन गर्न नहुने अवस्था भनेको अत्याधिक ज्वरो आउँदा, जण्डिस हुँदा, अत्याधिक दुखाई हुँदा, रक्तश्राव हुँदा, सर्जरीको समयमा र अत्याधिक निम्न रक्तचाप Extremely low blood pressure यानिकी बिपि एकदमै लो हुँदा हामीले गानोडर्मा सेवन गर्नु हुँदैन । गानोदर्माको प्रमुख काम भनेको निविर्षिकरण नै हो । यसले शरीरबाट शरीरमा जम्मा भएको विषाधीलाई बाहिर फाल्ने काम गर्छ । यसले शरीरबाट बाहिर फाल्दा पसिना, खाकार, दिसा, पिसाव, घाउ, पिलोको साथ लिन्छ । यदि  कुनै पनि अवस्थामा गानोडर्मा सेवन गर्दछ भने पानीको मात्र अत्याधिक बढि पिउनु पर्ने हुन्छ । किनभने गानोडर्मामा पाइने गानोदरिक एसेन्स् र अर्गानिक जर्मानियम भन्ने तत्व पानीमा घोलेर शरीरमा काम गर्ने गर्दछ त्यसैले पानीको मात्र अत्याधिक पिउने हो भने शरीरलाई चाँडै नै निर्विषिकरण हुनलाई मद्दत गर्दछ । गानोडर्मा सेवन गर्दै गर्दा पानीको अत्याधिक कम सेवन गर्छ भने हाम्रो शरीरमा पिलो आउने समस्या आईदिन्छ भने साथसाथै गानोडर्मा हाई डोजमा खाँदैछ भने भिटामिन सीलाई पनि अनिवार्य रुपमा सेवन गर्नु पर्ने हुन्छ किन भने गानोडर्मालाइ पचाउनका लागि  शरीरमा भिटामीन सीको आवश्यकता पर्ने हुन्छ ।


Share:

No comments:

Post a Comment


विज्ञ के भन्छन् त स्पिरुलिना बारे ? सुनौं एकपटक

पेट पोल्ने ,ग्यास्ट्रिक, पेटको भित्रको माथिल्लो तह सुन्निने,


Youtube